इंग्लिस क्लब टोटेनहमले जर्मनीका स्ट्राइकर टिमो वेर्नरलाई जर्मन क्लब आरबी लाइपजिगबाट सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्धन गरेको छ।
२७ वर्षीया वेर्नरका लागि आगामी सिजन स्थायी रुपमा क्लबमा सम्झौता गर्ने विकल्प छ।
उनले टोटनहमको फरवार्ड लाइनमा सन ह्युङ-मिनको विकल्पमा राम्रो खेल्ने विश्वास गरिएको छ। सन एसिया कपका लागि दक्षिण कोरियाको राष्ट्रिय टिमका लागि खेल्न कतारमा छन्।
अर्का फरवार्ड जेम्स म्याडिसन चोटका कारण मैदान बाहिर छन्।
त्यसअघि उनी २०२० मा बुन्डेसलिगा क्लब लाइपजिगबाट ४५ मिलियन पाउण्डमा चेल्सीसँग आबद्ध भएका थिए।
उनले चेल्सीका लागि ८९ खेलमा २३ गोल गरेका थिए। सन् २०२२ मा लाइपजिग फर्कनुअघि उनले च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकप जितेका थिए।
उनले यो सिजन १४ खेलमा दुई गोल गरेका छन्।
वेर्नरले जर्मनीका लागि ५७ क्याप जितेका छन्।