नेपालका मनिष तिम्सिनाले एएफसीको गोलकिपिङ 'ए' डिप्लोमा लाइसेन्स प्राप्त गरेका छन्। यससँगै ए डिप्लोमा लाइसेन्स लिने उनी पहिलो नेपाली समेत बनेका छन्।
उनले मलेसियन फुटबल संघलेआयोजना गरेको कोर्ष उत्तिर्ण गरेसँगै लाइसेन्स प्राप्त गरेका हुन्।
मनिष हाल भारतीय आइ लिग क्लब गोकुलम केरलाको गोलकिप्रशिक्षक प्रशिक्षकको रुपमा छन्। उनी सिजनदेखि प्रशिक्षक रहदा लिगको उपाधि समेत जितेका छन्।
मनिषले गत वर्ष मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकको भूमीकामा काम गरेका थिए।
प्रशिक्षक बन्नुअघि उनले थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी लगातयका क्लबबाट व्यवसायीयक खेल खेलेका थिए।