स्पेनिस सुपर कपको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीच खेल हुने भएको छ।
बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा बार्सिलोनाले ओसासुनालाई २-० गोलले हराएर रियलसँगको उपाधि भिडन्त पक्का गरेको हो।
बार्सिलोनाको जितमा लेवान्डोवस्कीले ५९ मिनेट र यमलले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
अब फाइनल खेल आगामी आइतबार राति साउदी अरेबियामा हुनेछ।
बार्सिलोनाले कीर्तिमानी १४ पटक स्पेनिस सुपर कप जितेको छ र हालको ला लिगाको शीर्ष स्थानमा रहेको रियललाई हराएर १५ औं उपाधिको खोजीमा हुनेछ।
बुधबार एट्लेटिको म्याड्रिडलाई हराएर रियलले फाइनलमा स्थान बनाएको थियो।