एएफसी एसियन कपमा जापानले विजयी सुरुवात गरेको छ।
आइतबार कतारको अल थुमामा रंगशालामा भएको समूह ‘डी’ को खेलमा जापानले भियतनामलाई ४-२ गोलले पराजित गर्यो।
कुनै समय २-१ ले पछि रहेको जापानका लागि मिनामिनोले २ गोल गरे।
मिनामिनोले खेलको ११ मिनेटमा गोल गर्दै जापानलाई पहिले अग्रता दिलाए।
तर भियतनामका डिह बाकले १६ र फाम हाइले ३३ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २-१ ले अघि बढाए।
मिनामिनोले ४५ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। नाकामुराले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दा जापानले पहिलो हाफमा ३-२ को अग्रता लियो।
८५ मिनेटमा उइडाले जापानका लागि चौथो गोल गर्दै आफ्नो टिमको जित पक्का गरे।