अफ्रिका कप अफ नेसन्समा इजिप्टले सम्भावित हार टारेको छ।
आइतबार राति भएको खेलमा इजिप्टले मोजाम्बिकसँग २-२ गोलको बराबरी खेलेको हो।
खेलको दोस्रो मिनेटमा अब्दालाको गोलबाट इजिप्टले खेलमा अग्रता लिएको थियो।
मोजाम्बिकका लागि कोएम्बोले ५५ र डेभिज बाक्यूले ५८ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रुता दिलाए।
तर दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै इजिप्टलाई एक अंक दिलाए।