एएफसी एसियन कपमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।
सोमबार कतारको जसिम बिन हमाद रंगशालामा भएको समूह ‘ई’को खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोलले पराजित गर्यो।
कोरियाको जितमा लि काङ-इनले दुई गोल गरे।
खेलको ३८ मिनेटमा हवाङ इन बेओमको गोलबाट कोरियाले अग्रता लिएको थियो।
बहराइनका लागि अब्दुल्लाह अल हशाशले ५१ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
त्यसपछि कोरियाका काङ-इनले दुई गोल गर्न सफल भए। उनले खेलको ५६ र ६८ मिनेटमा गोल गरेपछि कोरिया ३-१ ले अघि बढेको थियो।