डार्विन नुनेजले अन्तिम समयमा गोल गरेपछि लिभरपुलको शीर्षस्थान सुरक्षित भएको छ।
इंग्लिस प्रिमियर लिगमा गएराति नटिंघम फरेस्टविरूद्ध ९९ औं मिनेटमा म्याक अलिस्टको पासलाई उत्कृष्ट हेडिङ गोल गरी नुनेजले टिमलाई जित दिलाएका हुन्।
नुनेजले चोटमुक्त भएपछि पहिलो खेल खेलेका हुन्। फेब्रुअरी १७ मा ब्रेन्टफोर्डविरूद्धको खेलम घाइते भएका उनी लामो समय मैदान बाहिर रहे ।
मैदान फर्किएर महत्त्वपूर्ण खेलमा टिमलाई जित दिलाए।
जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ४ अंकको दूरी बनाएको छ।
२७ खेलबाट लिभरपुलले ६३ अंक जोड्दा एक खेल कम खेलेको सिटीको ५९ र आर्सनलको ५८ अंक छ।