इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार चार खेलमा जित निकालेको छ।
शनिबार भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-१ गोलले पराजित गर्यो।
सिटीको जितमा दुवै गोल अर्लिङ हाल्यान्डले गरे। उनले खेलको १९ र ३२ मिनेटमा गोल गरेका थिए। उनले चार खेलमा नौ गोल गरिसकेका छन्।
त्यसअघि ब्रेन्टफोर्डका विसाले २३ सेकेन्डमै गोल गरेका थिए। लिगमा शीर्ष स्थानको सिटीको चार खेलबाट १२ अङ्क भएको छ भने लगातार चार खेलमा जित निकाल्ने एक्लो टोली भएको छ।
यता लिभरपुल भने पराजित भएको छ। लिभरपुललाई नटिंघम फरेस्टले १-० गोलले पराजित गर्यो।
यसअघि लगातार तीन खेलमा जित निकालेको लिभरपुल चौथो खेलमा हुने पराजित भएको हो। अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३-० र चेल्सीले वर्नमाउथलाई १-० ले पराजित गरेको छ।