जिरोनाविरूद्ध बार्सिलोनाले सानदार जित निकालेको छ।
स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जिरोनाविरूद्ध ४-१ गोलको सानदार जित निकालेको हो।
जिरोनालाई उसकै घरमा हराउने क्रममा बार्सिलोनाका लामिन यामलले २ गोल गरे।
यामलले ३० र ३७ मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २-० गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफको ४७ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरे। ६४ औं मिनेटमा पेड्रीको गोलसँगै बार्सिलोनाले ४-० को अग्रता बनाएको थियो।
८० औं मिनेटमा जिरोनाका क्रिस्टियन स्टुआनीले गोल फर्काएका थिए।
८६ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेस रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।
त्यसपछि दुवै तर्फबाट गोल नहुँदा बार्सिलोना ४-१ गोलले विजयी भएको हो।
गएराति नै भएको खेलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३-० गोलले पराजित गर्दा एथ्लेटिक क्लबले लस पालमसलाई ३-२ गोलले हरायो।
जारी सिजनमा ५ खेल खेलेको बार्सिलोना पाँचै खेल जितेर १५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा एट्लेटिको म्याड्रिड, तेस्रोमा रियल म्याड्रिड र चौथोमा भिलारियल छन्। उनीहरू सबैको ११ अंक छ।