एन्फा महिला लिगमा सुदूरपश्चिमको खराब प्रदर्शन जारी छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सुदूरपश्चिमलाई वालिङ नगरपालिकाले ५-१ गोलले पराजित गर्यो।
बालिङका लागि नामुडुले ह्याट्रिक गरिन्। उनले खेलको १८, ४३ र ४५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
नासालीले पहिलो हाफको इन्जुरी मिनेटमा टोलीका लागि चौथो गोल गर्दा सुस्मा तामाङले ५० मिनेटमा पाँचौ गोल गरिन्।
सुदूरका लागि रितिका कार्कीले खेलको ५४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो।
जारी लिगमा अंक तालिकाको पुछारमा रहेको सुदूरको यो लगातार पाँचौ हार हो।
वालिङ भने जितसहित ९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।