युइएफए युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेका छन्।
मङ्गलबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३-१ गोलले हरायो।
लिभरपुलका लागि कोनाटेले २३, भान डाइकले ४१ र सोबोस्लाइले ६७ मिनेटमा गोल गरे। त्यसअघि मिलानका पुलिसिकले तेस्रो मिनेटमै गोल गरेका थिए।
रियलले पनि स्टुटगार्डलाई ३-१ गोलले पराजित गर्यो। रियलका लागि एमबाप्पेले ४६, रूडिगरले ८३, एन्ड्रिकले ९०+५ मिनेटमा गोल गरे।
यो सिजनदेखि नयाँ फर्म्याटमा हुन लागेको लिगमा सुरुवाती चरणमा लिगका खेल हुनेछन्। वरियताको आधारमा अन्तिम आठ र प्लेअफ खेल्ने टोलीको टुंगो लाग्नेछ।