युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानले बराबरी खेलेका छन्।
बिहीबार विहान सकिएको खेलमा सिटीलाई इन्टरले गोलरहित बराबरीमा रोकेको हो। आफ्नो घरेलु मैदानमा सिटीले खेल नियन्त्रणमा लिए पनि फिनिसिङ गर्न सकेन। उसका सात प्रहार इन्टरले रोकेको थियो। जसमा इन्टरका गोलकिपरले मात्र तीन प्रहार विफल पारिदिएका थिए।
खेलमा सिटीका मिडफिल्डर डे ब्रुएना पहिलो हाफमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए।
यता फ्रेञ्च क्लब पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोलले पराजित गरेको छ। पिएसजीको जितमा आत्मघाती गोल निर्णायक बन्यो।
खेलको अन्तिम मिनेटमा जिरोनाका गाजानिगाले आफ्नै पोस्टमा गोल गर्दा पिएसजीले रोमाञ्चक जित निकाल्न सफल भयो।
नयाँ ढाँचाको च्याम्पियन्स लिगमा ३६ वटा क्लबले आफ्नो पहिलो खेल खेलेका छन्। अब क्लबहरुले ७ वटा लिग खेल खेल्न बाँकी छ। त्यसपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।