नेपाल कम्बोडिया र पाकिस्तानसँग पराजित भएको छ।
शनिबार एएफसी यु-२० एसियन कप छनोट र साफ यु-१७ दुवै खेलमा नेपाल पराजित भएको हो।
दुवै प्रतियोगितामा शनिबार नेपालले पहिलो खेल खेलेको थियो।
चाइनिज ताइपेइमा यु-२० टोलीविरूद्ध कम्बोडियाले तीन मिनेटमै गोल गरेको थियो। लगत्तै सातौं मिनेटमा गोल खाएको नेपालका समीर तामाङले पहिलो हाफको अन्तिम समयमा गोल फर्काएका थिए।
दोस्रो हाफको ६१ मिनेट र ८३ मिनेटमा कम्बोडियाले गोल थपेपछि नेपाल ४-१ ले पराजित भएको हो।
अब नेपालले सोमवार आयोजक चाइनिज ताइपेइको सामना गर्नेछ। नेपाल रहेको समूह ‘बी’उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छ। प्रतियोगितामा ४५ देशलाई १० समूहमा विभाजन गरी खेलाइएको छ।
प्रत्येक समुहको विकेता र ५ उत्कृष्ट उपविजेता यु-२० एसियन कपमा छनोट हुनेछन्।
उता साफ यु-१७मा शनिबार पाकिस्तानसँग नेपाल १-० गोलले स्तब्ध बनेको छ।
भुटानको चाङलिमिथाङ रंगशालामा ८२औं मिनेटमा गोल खाँदै साविक विजेता नेपाल पराजित हुन पुगेको छ।
साफ यु-१७मा पनि नेपाल समूह बी मा छ। नेपालले अब दोस्रो खेल सोमबार श्रीलंकासँग खेल्नेछ।