साफ यू-१७ च्याम्पियनसिप २०२४ मा नेपालले पहिलो जित निकालेको छ।
समूह ‘बी’ को खेलमा नेपालले श्रीलंकालाई सोमबार ४-० गोलले पराजित गर्यो।
भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालका लागि सुजन डंगोलले ह्याट्रिक गरे।
उनले खेलको नवौ, १३औं र ३०औं मिनेटमा गोल गरे।
विज्ञान खड्काले ८३ औं मिनेटमा चौथो गोल गरे।
यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० गोलले पराजित भएको थियो।
अब नेपालले समूहको अन्तिम खेलमा बुधबार आयोजक भुटानसँग खेल्नेछ।