इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले सिजनका सबै खेल गुमाउने डर बढेको छ।
गत आइतबार आर्सनलविरुद्ध २-२ को बराबरीमा सकिएको प्रिमियर लिगको खेलमा रोड्रीको घुँडाको चोट लागेको थियो।
उनी कति लामो समयसम्म मैदान बाहिर हुनेछन् भन्ने आधिकारिक जानकारी प्राप्त नभए पनि केही समाचार रिपोर्टले उनी लामो समय मैदान बाहिर हुने सक्ने भनेर लेखेका छन्।
यो सिजन उनी फेरि मैदान नफर्किने डर पनि छ।
२८ वर्षीय रोड्री अर्को महिना घोषणा हुने बालोन डी'ओर अवार्डको दाबेदार मध्येका एक हुन्।
धेरैले उनलाई सिटीको सबैभन्दा प्रभावशाली खेलाडी मान्छन्।
स्पेनले यूरो कप २०२४ जित्दा उनी प्लेयर अफ द टुर्नामेन्ट पनि घोषित भएका थिए।
उसको चोट सिटीका लागि प्रिमियर लिग र च्याम्पियन्स लिगका खेलमा महँगो साबित हुन सक्ने विश्लेषण गरिएको छ।
रोड्रिले म्यानचेस्टर सिटीमा २०१९ मा कम्युनिटी शिल्डमा लिभरपुलविरुद्ध डेब्यू गरेपछि केभिन डे ब्रुइनले उनलाई टोलीको लागि ‘उत्कृष्ट फिट’ भनेर वर्णन गरेका थिए। नभन्दै एट्लेटिको म्याड्रिडबाट सिटी आएदेखि टोलीको मिडफिल्डमा उनको प्रभाव असाधारण रहेको छ।
अब उनको स्थानमा माटेओ कोभासिकले खेल्न सक्छन्, तर उनी मात्र विकल्प होइनन्। २०२३ मा बार्सिलोना जानुअघि इल्के गुन्डोगनलाई पनि रोड्रीको स्थानमा प्रयोग गरिएको थियो। बर्नार्डो सिल्भाले पनि उनको स्थानमा खेलेका छन्। १९ वर्षीया रिको लुईस पनि रोड्रीको विकल्प हुन्।