आगामी महिना काठमाडौंस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक टोलीमा ४० खेलाडी बोलाएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोली घोषणा गरेका हुन्।
टोलीमा विदेशी क्लबमा आबद्ध अन्जिला सुब्बासहित सावित्रा भण्डारी र रेखा पौडेल छन्।
साफ च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म हुँदैछ।
प्रारम्भिक टोलीः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लाम्गेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई, सुनिता भुलन।