स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो अलाभेसलाई ३-२ गोलले हराएको छ।
लुकास भाज्क्वुजले ५७ सेकेन्डमा ला लिगा च्याम्पियनलाई अग्रता दिलाएका थिए। फ्रान्सेली खेलाडी एमबाप्पेले जुडे बेलिङह्यामको पासमा ४० मिनेटमा अग्रता दोब्बर पारेका थिए।
रोड्रिगोले ४८ मिनेटमा तेस्रो थपे। तर अलाभेसले ८५ र ८६ मिनेटमा दुई गोल गरे पनि पुनरागमन गर्न पर्याप्त हुन सकेन। कार्लोस बेनाभिडेजले ८५औं मिनेटमा र किके गार्सियाले एक मिनेट पछि दोस्रो गोल गरेका थिए।
एमबाप्पेको रियलका लागि यस सिजन नौ खेलमा सात गोल गरेका छन्। जसमा उसको पछिल्लो सात खेलमा ६ गोल गरेका छन्। यस्तै उनले लगातार पाँच खेलमा गोल गरिसकेका छन्।
एमबाप्पेले पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको म्याद सकिएपछि जुलाईमा रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका थिए।
जितपछि दोस्रो स्थानको रियलको ७ खेलबाट १७ अंक भएको छ। शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक छ।