एन्फा महिला लिग २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा एपिएफले सानदार जित दर्ता गराएको छ।
एपिएफले आठौं जित निकाल्ने क्रममा एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा बागमती युवा क्लबलाई ७-० गोलले पराजित गर्यो।
बागमतीको जितमा रश्मीकुमारी घिसिङ एक्लैले पाँच गोल गरिन्। उनले खेलको ३५ र ४० मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरिन्। ५८ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्। रश्मीले ८२ र ८८ मिनेटमा पनि गोल गर्न सफल भइन्।
त्यसअघि अनिता बस्नेतले ४७ मिनेटमा एपिएफका लागि तेस्रो गोल गरेकी थिइन्।
यस्तै सविता रानामगरले ९०+१ मिनेटमा एपिएफका लागि सातौं गोल गर्न सफल भइन्।
सुपर लिगमा स्थान पक्का गरिसकेको एपिएफ अपराजित रहने क्रममा ९ मध्ये ८ खेलमा जित निकाल्न सफल भयो। शीर्ष स्थानको एपिएफले २५ अंक जोडेको छ।
अब एपिएफले सुपर लिगमा त्रिभुवन आर्मी, नेपाल पुलिस, वालिङ र कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।