इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ।
आइतबार राति भएको खेलमा युनाइटेडलाई टोटेनहमले ३-० गोलले हरायो।
घरेलु मैदानमा युनाइटेड तेस्रो मिनेटमा पछि पर्यो। टोटेनहमका जोनसनले तेस्रो मिनेटमा गोल गरेका थिए।
४२ मिनेटमा ब्रुनो फर्नान्डेजले रातो कार्ड पाउँदा युनाइटेड १० खेलाडीमा सीमित बन्यो। जेम्स म्याडिसनलाई फल गरेपछि कप्तान फर्नान्डेजले रातो कार्ड पाएका थिए।
दोस्रो हाफमा टोटेनहमका कुलुसेभेस्कीले ४७ र सोलाङ्केले ७७ मिनेटमा गोल गरे।
अंक तालिकामा टोटेनहम १० अंकसहित आठौं र युनाइटेड ७ अंकसहित १२औं स्थानमा छन्।