गोंगबुका सुशील तामाङ र आयोजक काठमाडौं महानगरपालिका वडा २६ का सुरज श्रेष्ठ काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष २८ केजीमुनि बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष २० केजीमुनि काठमाडौं महानगरपालिका १७ का अंकितमान गुरुङ र आयोजकका रवि थिङ तथा २६ केजीमुनि तार्केश्वरका स्वरुपराज पाण्डे र आयोजकका प्रदीप बुढाथोकी फाइनलमा पुगे ।
पुरुष ३५ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेल र तार्केश्वरका आयु रे तथा ३८ केजमिुनि तार्केश्वरका उत्सव लोहनी र काठमाडौं महानगरपालिका ११ का तपेन्द्र विष्टले फाइनलमा स्थान सुरक्षित गरे ।
महिला २४ केजीमुनि आयोजककी आलिया खातुन र काठमाडौं महानगरपालिका प्रास्ना जोशी, २७ केजीमुनि काठमाडौं महानगरपालिका १७ की लिसा तामाङ र लैनचौरकी आकांक्षा पाण्डे, ३१ केजीमुनि गोंगबुकी कृतिका देउला र आयोजककी रितिका शाही तथा ३३ केजीमुनि काठमाडौं महानगरपालिका १६ की समिक्षा तामाङ र काठमाडौं महानगरपालिका ११ की रनिशा गौतमले स्वर्ण भिडन्त पक्का गरे ।
महिला ४६ केजीमुनि लैनचौरकी सारदामाया बमजन र काठमाडौं महानगरपालिका ११ की निग्रानी खड्का, ३६ केजीमुनि तुख्याकी सुसन्ध्या खड्का र आयोजककी स्मारिका शाही, ३९ केजीमुनि मातातीर्थकी पन्ना विक र काठमाडौं महानगरपालिका ११ की श्रीयुक्ता लामा तथा ४२ केजीमुनि तार्केश्वरकी कृतिका थापा मगर र आयोजककी पुनम खत्रीले फाइनल यात्रा तय गरे ।
प्रतियोगितामा पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा २ सय ५९ खेलाडी सहभागी छन् । २० स्पर्धा मध्ये पहिलो दिन पुरुषमा ५ र महिलामा ८ तौलसमूहको फाइनल समीकरण तयार भएको तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले ७५ हजार, दोश्रोले ५० हजार र तेश्रोले २५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । हरेक पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
फुटसल
वृहत खेलकुदअन्तर्गत पुरुष फुटसलमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल तार्केश्वर र वडा १३ तथा वडा ५ र आयोजक वडा २६ बीच हुनेछ ।
बिहीबार २ सेमिफाइनल भयो । तार्केश्वरले वडा १६ लाई १–० गोलले पराजित ग¥यो । वडा ५ ले वडा १३ लाई ५–० गोलले हरायो ।