भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर फोटोग्राफर संजय महर्जनले निर्माण गरेको ‘जर्नी टु भक्तपुर-द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानको ताकाहामा सहरको कावारा म्युजियम अफ आर्टमा २०२२ डिसेम्बर १७ देखि २०२३ मार्च १९ तारीख सम्म प्रदर्शनमा राखिएको छ।
गो टु ट्राभल-जर्नी अफ द आर्टिष्टू शिर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उहाँले खिचेका फोटो र डकुमेन्ट्री हेर्न सकिनेछ।
उक्त डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल, कलात्मक बुट्टे इट्टाहरू तथा भक्तपुरका प्रजापती समुदायले बनाउने माटोका भाडाँकुडा र अन्य सामाग्री सम्बन्धि खोज गरी वृत्तचित्रमा उतारेका छ्न्।
छायांकन, सम्पादन र निर्देशन आफैं गरेका महर्जनले यस वृत्तचित्र अझै उपयोगी बनाउन वरिष्ठ आर्किटेक्ट विजय बासुकला, इट्टा टायल शिल्पकार तथा व्यवसायी कर्ण अवालसँग थप तथ्यसहित परम्परागत तरिकाले बनाइने विधि र यसलाइ भविस्यमा पनि जिवन्त बनाउन के गर्नु पर्छ भन्ने विशेषज्ञहरु को धारणा देखाइएको उल्लेख छ।
सुन्दरी मिका नामले परिचित नेपाल-जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै आइरहेकी जापनी गायिका ताकागी मिकाको निर्माणमा बनेको यस डकुमेन्ट्री प्रदर्शनी अवलोकनमा आएका दर्शकहरुले धेरै नै मनपराएको आयोजकको भनाई छ। जापानी विध्यार्थीहरुलाई समेत उपयोगी रहेकोले म्युजियममा प्रदर्शनीपछि टोकियो, ओसाका, ओकिनावा लगाएत सहरहरुमा पनि प्रदर्शनीमा राखिने भएको छ। साथै २०२३ मा हुने यामागाता अन्तरास्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलको लागि समेत तयारीमा रहेको उनले जानकारी दिए।
ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहेका संजय महर्जनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी भएकोले एकदमै उत्साहित रहेको बताए। जापान यात्राको क्रममा महर्जनले फुकुयामा म्युजियम, क्योटो नेपाली रेस्टुरेन्ट र शिगा गेस्ट हाउसमा हुने कन्सर्टमा गायिका सुन्दरी मिका र सुन्दरी ब्यान्ड संग केहि नेवारी, नेपाली तथा जापानी गीतसंगीत प्रस्तुतिको पनि कार्यक्रम रहनेछ।
कावारा म्युजियममा हुने यस बर्षको ओरिअन कन्सर्टमा समेत सहभागी हुनेछ। डकुमेन्ट्री, फोटो प्रदर्शनी तथा कन्सर्ट कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालयले २०२२ जापान दक्षिण-पश्चिम एशिया आदन प्रदान वार्षिकोत्सवको रूपमा पनि मान्यता दिएको छ।