टीकापुरमा साहित्य महोत्सव आयोजना हुन लागेको छ। यही चैत २५ गतेदेखि २७ गतेसम्म साहित्य महोत्सव हुन लागेको हो।
महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदुरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, सम्पदा र सामाजिक विकासका २१ वटा सत्र हुन लागेको छ। आयोजकका अनुसार हरेक दिन सातवटा सत्र हुनेछ।
लेखक तथा स्तम्भकार सिकेलालको ‘साहित्यमार्फत सामाजिक सद्भाव’ शीर्षकबाट पहिलो सत्र सुरू हुनेछ। महोत्सवमा तीनै दिन साँझ गजल, काव्य र सांगीतिक कार्यक्रम हुनेछ।
महोत्सवमा भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र पुरस्कार वितरण पनि गरिनेछ।
यस महोत्सवल टीकापुरको पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउने आशा गरिएको छ।