बिहीबारबाट नेपाली फिल्म हलमा रेनशा राई राणा निर्देशित फिल्म 'ज्याकीः आइ एम ट्वान्टी वान' प्रदर्शनमा आएको छ।
नेपाली फिल्म प्रायः शुक्रबार प्रदर्शनमा आउँछ तर यो फिल्म बिहीबार नै प्रदर्शन गरिएको छ। बिहीवार अन्य फिल्म नहुँदा यसले एकल रिलिजको अवसर पाएको छ।
फिल्मले मल्टिप्लेक्स हलमा राम्रो शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई २८ शो दिएको छ।
त्यस्तै, बिग मुभिजले ५ शो, वान सिनेमाजले १३ शो, क्युज सिनेमाजले ३ शो, सिडिसी सिनेमाजले ३ शो, एफक्युब सिनेमाजले ४ शो दिएको छ।
फिल्ममा बाबु र आफ्नो सपना फरक हुँदा एक युवकले डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायत कलाकारको अभिनय छ।
आईकोर फिल्म्स ब्यानरमा निर्माण भएको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ।