नम्रता श्रेष्ठको मुख्य भूमिका रहने फिल्म 'ह्यासट्याग माया' को शुभ मुहूर्त गरिएको छ।
बुंमतीस्थित कार्यविनायक मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो। निर्माण टिमले शुक्रबार पूजा गर्दै फिल्म आगामी साताबाट छायांकनमा जाने जानकारी दिए।
राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रतासँगै सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायत कलाकारको अभिनय रहने छ। फिल्ममा नम्रता योगा प्रशिक्षकको भूमिकामा देखिनेछिन्।
‘थ्रिलर विधामा निर्माण हुने फिल्ममा प्रेमकथा पनि देख्न पाइनेछ। यही कथालाई लिएर दर्शकसम्म पुगौं भन्ने लाग्यो’, निर्देशक गुरुङले भने।
शर्मिला थापाको निर्माण रहने फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दिलिप पन्त रहेका छन्।