सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म 'द अनब्रेकेबलः अगस्त्य' मा अभिनेता प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल अनुबन्धित छन्।
निर्माण टिमले फिल्मको मुख्य कलाकारको रूपमा तीन कलाकार भित्र्याएको हो। यसअघि फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत अनुबन्धित भइसकेका छन्।
फिल्मको छायांकन अगामी जेठ १२ गतेदेखि सुरू हुने बताएको छ। दुई च्याप्टरमा निर्माण हुने फिल्मको कथा निर्देशक स्वयंको हो। फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्।
डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ। फिल्मको छायांकन संजय लामाले गर्नेछन्।
फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो।