कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्।
परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्।
आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ।
विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।
विक्की कमेडी च्याम्पियनका फर्स्ट रनरअप हुन्। विक्की र श्रद्धाले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए।
अभिनेत्री श्रद्धा पछिल्लो समय फिल्म ‘प्रेमगीत २’ मा देखिएकी थिइन्।