गायक सुदन गैरेको स्वरमा हिन्दी गीत 'मंजिले' सार्वजनिक भएको छ। गायनमा उनलाई ममता गुरुङले साथ दिएकी छन्।
अनिल संग्रौला र शंकर थापा 'स्माइल' को शब्द रहेको गीतमा थापाले संगीत भएका छन्। गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।
सार्वजनिक गीतमा इन्डियन डान्स रियालिटी प्रतियोगितामा सहभागी हुन संघर्ष गरिरहेको एक प्रेमिल जोडीको कथालाई देखाएको छ। गणेश शाहीले निर्देशन गरेको म्युजिक भिडिओमा आश्मा विश्वकर्मा र राहुल शाहलाई देख्न सकिन्छ।
राहुल शाहको कन्सेप्ट र कोरियोग्राफी रहेको गीत भिडिओलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन्। प्रतिमा शर्मा निर्माता रहेको यस गीतको भिडिओलाई 'राइट ट्युन इन्टरटेन्मेन्ट' नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नेपाली कलाकारहरूले अन्तर्राष्ट्रिय संगीत बजारमा आफ्नो कला र संगीतको उपस्थिति जनाउनुपर्छ भन्ने सकारात्मक संदेश दिन यो सिर्जना ल्याएको गायक गैरेले बताएका छन्।