लक्ष्मण सुनारको निर्देशनमा फिल्म 'फनफनी' बन्ने भएको छ।
फिल्म निर्माण घोषणासँगै अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन्। सोमबार निर्माण टिम र आर्यनबीच औपचारिक सम्झौता भएको हो। अन्य कलाकार छनोट गर्न बाँकी रहेको निर्माण टिमले बताए।
‘छिट्टै कलाकार र प्राविधिक टिम फाइनल गरेर फिल्मको औपचारिक निर्माण घोषणा गर्नेछौं,’ निर्देशक सुनारले भने।
आगामी तिहारपछि छायांकनमा जाने निर्माण टिमको तयारी छ। फिल्मको छायांकन नेपाल भारत र अष्ट्रेलियामा गरिनेछ।
कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्मलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले मिलेर निर्माण गर्दैछन्।
सुनारले यसअघि फिल्म 'बुलाकी' निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो।