भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' लाई लगानी उठाउनै सकस भएको छ।
फिल्मले सुरूवातमा राम्रो कमाइ गरेको थियो। फिल्म प्रदर्शन भएसँगै निर्मातामाथि धार्मिक भावना चोट पुर्याएको आरोप लागेको छ। विवाद बढ्दै गएपछि निर्माण टिमले फिल्मका चार संवाद परिवर्तन गरेका छन्। साथै थ्रिडी टिकटको मूल्यसमेत घटाएका छन्।
३०० भारू पर्न टिकटको मूल्य घटाउँदै १५० बनाइएको थियो। टिकटको मूल्य १५० हुँदा पनि दर्शक नआएपछि निर्माण टिमले ११२ भारूमा टिकट दिइरहेका छन्। तर फिल्मले व्यापारमा गति लिन सकेको छैन।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १२ दिनमा २७८ करोड ९४ लाख भारू कमाएको छ।
फिल्मले हिन्दी संस्करणमा १४३ करोड ९६ लाख, तेलुगुमा १२८ करोड ११ लाख र तमिलमा ३ करोड ५४ लाख भारू कमाएको हो।
६०० लगानीमा बनेको फिल्मलाई घरेलू बक्स अफिसमा ३०० करोड कमाउन पनि मुस्किल परेको छ।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।