आज बिहीबार हलमा एक नेपाली फिल्म र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्।
बकर ईदको अवसर पारेर नेपाली फिल्मतर्फ 'परस्त्री' र विदेशी फिल्मतर्फ बलिउड फिल्म 'सत्यप्रेमकी कथा' प्रदर्शनमा आएका हुन्। सुरज पाण्डे डेब्यू निर्देशित फिल्म 'परस्त्री' निर्धारित मितिभन्दा एक दिनअगावै प्रदर्शनमा आएको हो।
'परस्त्री' १५ गतेदेखि प्रदर्शन हुने भनिएको थियो। बलिउड फिल्म 'सत्यप्रेमकी कथा' बिहीबार नै प्रदर्शन हुने भएपछि 'परस्त्री' टिमले शुक्रबार नकुर्ने बताएका हुन्।
विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको फिल्म 'परस्त्री' मा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ।
यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्।
समीर विदवान्स निर्देशित फिल्म 'सत्यप्रेमकी कथा' मा कार्तिक आर्यन र कियारा आडवानीको मुख्य भूमिका छ। फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक कपुर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादवलगायत कलाकारको अभिनय छ। फिल्मको कथा करण श्रीकान्त शर्माले पारेका हुन्।
फिल्ममा कार्तिक एक गुजराती युवकको भूमिकामा देखिएका छन्। जो आफ्नो विवाहको लागि केटी खोजिरहेका छन्। उनको जीवनमा कियारा आएपछि आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ।
फिल्ममा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी छ।
परस्त्रीको ट्रेलर:-
सत्यप्रेमकी कथाको ट्रेलर:-