चलचित्र विकास बोर्डले 'स्टोरी बैंक' अन्तर्गत नवल खड्का अभिनीत तथा निर्देशित फिल्म 'काँडेतार' लाई दश लाख प्रदान गरेको छ।
शनिबार बोर्डको २३ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्देशक खड्कालाई १० लाख हस्तान्तरण गरेकी हुन्।
आफ्नो फिल्मले आर्थिक सहयोग पाएपछि निर्देशक खड्काले खुशी व्यक्त गरेका छन्।
'देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी फिल्मको प्रबर्द्धन भएको महसुस गरेको छु,' उनले भने।
२०७७ सालमा बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्सान गर्न 'स्टोरी बैंक' स्थापना गरेको थियो।