पूर्वमिस नेपाल निकिता चाण्डक फिल्म 'राजागन्ज' मा देखिने भएकी छन्।
दिपक रौनियारले निर्देशन गर्ने फिल्ममा निकितासँगै दयाहाङ राई, आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायत कलाकारको अभिनय रहनेछ।
पुलिस थ्रिलर जनरामा बन्ने फिल्ममा 'कबड्डी' निर्देशक रामबाबु गुरुङको लगानी रहनेछ।
उनले रौनियारको फिल्म निर्माण गर्न पाउँदा खुशी रहेको बताए। 'यो फिल्म नेपाली सिनेमा क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो फिल्मले बाँसुरी फिल्म्सको गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु,' उनले भने।
आदि फिल्म्स र बासुरी फिल्म्स प्रोडक्सनको संयूक्त प्रस्तुति रहने फिल्मको छायांकन साउन १२ गतेदेखि सुरू हुनेछ।
अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता कलाकारसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन्। उनले विराज भट्टको फिल्म 'साङ्लो' बाट अभिनयमा डेब्यू गरेकी थिइन्।