मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आइतबार अन्तिम संस्कार गरिने भएको छ।
काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा बुधबार पोस्टमर्टम गरिएपछि आइतबार स्वयम्भुमा अन्तिम संस्कार गर्न लागिएको व्यवस्थापन समूहले जनाएको छ।
मंगलबार साँझ ६ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ विष्णुमती चिस्यानीस्थित घरमा तामाङको निधन भएको थियो।
'रविन एन्ड द न्यू रिभोलुसन ब्यान्ड' का संस्थापक तामाङको मुटुमा समस्या देखिए पनि मृत्युको यकिन कारण खुल्न बाँकी रहेकाले अन्तिम संस्कार गरिएको थिएन।
मृत्युको कारण पत्ता लगाउन रोविनको रगतको नमूना र भिसेरा संकलन गरिएको थियो।