आज शुक्रबार नेपाली फिल्म हलमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्।
कुनै पनि नेपाली फिल्म प्रदर्शनमा नआउँदा दक्षिण भारतीय फिल्म 'स्पाई' र हलिउड फिल्म 'इनसिडियसः द रेड डोर' प्रदर्शन भएका हुन्।
दक्षिण भारतीय फिल्म 'स्पाई' मा निखिल सिद्धार्थको मुख्य भूमिका छ। ग्यारी भाले निर्देशन गरेको फिल्ममा सिद्धार्थसँगै ऐश्वर्या मेनन, मकरन्द देशपाण्डे, आर्यन राजेश, नितिन मेहता, रवि वर्मालगायत कलाकारको अभिनय छ। फिल्ममा राणा दग्गुबती अतिथि भूमिकामा देखिएका छन्।
एक्सन र थ्रिलर जनरामा बनेको फिल्मको कथा अनिरुद्ध कृष्ण मुर्ति के र राजा शेखर रेड्डीले लेखेका हुन्। फिल्मको बजेट ४५ करोड भारू बताइएको छ। भारतमा यो फिल्म गतसातादेखि प्रदर्शन भइरहेको छ।
हलिउड फिल्म 'इनसिडियसः द रेड डोर' मा पट्रिक विल्सन, रोज बायर्न, टाई सिम्पकिन्सलगायत कलाकारको अभिनय छ। फिल्मलाई पट्रिक विल्सनले निर्देशन गरेका हुन्।
हरर, मिस्ट्री र थ्रिलर जनरामा बनेको फिल्म इनसिडियस संस्करणको पाँचौं फिल्म हो।
स्पाईको ट्रेलर-
इनसिडियसः द रेड डोरको ट्रेलर-