अन्तरजातीय प्रेम कथामा फिल्म 'श्रद्धा-सुमन' बन्ने भएको छ।
केडी प्रशितको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको बिहीबारदेखि बन्दिपुरमा वर्कशप समेत सुरू गरिएको छ।
केडी फिल्म्स प्रालिको पहिलो प्रस्तुतिको रूपमा निर्माण हुन लागेको फिल्ममा अमर सिंह खातीको लगानी रहनेछ। फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन्।
फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ मुख्य भूमिकामा देखिदैछन्। एक ब्रम्हाण युवक र एक तामाङ युवतीको प्रेम कथामा फिल्म बन्न लागेको निर्देशक प्रशितले बताए।
फिल्ममा दीपक र आकांक्षासँगै कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, विमल पौडल, सुरविर पण्डितलगायत कलाकारको अभिनय रहनेछ।
भदौ १५ गतेदेखि छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन्।
यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ।