आज शुक्रबार नेपाली फिल्म हलमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्।
नेपाली फिल्मतर्फ ‘बगान’, विदेशी फिल्मतर्फ ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ र ‘रेसिडेन्ट एभिलः डेथ आइल्याण्ड’ प्रदर्शनमा आएका हुन्। त्यस्तै दयाहाङ राई अभिनीत फिल्म ‘बिहे पास’ पुनः प्रदर्शनमा आएको छ।
दयाहाङ राईको फिल्म ‘बिहे पास’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो। उक्त मितिमा उनको अर्का फिल्म ‘जारी’ पनि प्रदर्शन भएको थियो। दुवै फिल्म एकै मितिमा सार्वजनिक हुँदा ‘बिहे पास’ छायाँमा परेको भन्दै पुनः रिलिज गरिएको हो।
प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङसँगै प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ।
अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’ मा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।
स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।
हलिउड फिल्म ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ सिरिजको सातौं फिल्म हो। फिल्ममा टम क्रुज, हेली एटवेल, भिङ रेमेस, साइमन पेगलगायत कलाकारको अभिनय छ। फिल्मलाई क्रिस्टोफर म्याक्कवीरले निर्देशन गरेका हुन्।
हलिउड फिल्म ‘रेसिडेन्ट एभिलः डेथ आइल्याण्ड’ मा बिल बट्स, एरिन काहिल, केविन डोरम्यानलगायत कलाकारको अभिनय छ। फिल्मलाई इचिरो हासुमीले निर्देशन गरेका हुन्।
‘बगान’ को ट्रेलर-
‘बिहे पास’ को ट्रेलर-
‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ को ट्रेलर-
‘रेसिडेन्ट एभिलः डेथ आइल्याण्ड’ को ट्रेलर-