बिग्रँदो आर्थिक, सामाजिक, राजनीतिक कारण युवाहरू कुनै न कुनै रूपमा 'उकुसमुस' मा बाँच्न बाध्य छन्।
समाजको तीतो यथार्थ समेटेको गीत 'बोल उकुसमुकुस बोल,' सार्वजनिक भएको छ।
गीतले कथा, नृत्य र संगीतको माध्यमबाट युवाहरूमा बढ्दै गएको छटपटी र उकुसमुकुस निकाल्ने प्रयास गरेको छ।
मनमनै बाँधिराखेको उकुसमुकु खोलौं, आपसमा कुरा गरौं, जीवन उत्सव हो, आत्महत्या समस्याको समाधान होइन भन्नु नै यो गीतको उद्देश्य हो।
म्युजिक भिडिओको निर्देशन, कोरियोग्राफी र स्क्रिनप्ले द नेक्स्ट टिमका संस्थापक प्रदीप लामाले गरेका छन् भने, गीत रचना, लेखन र संगीत पत्रकार अनुप ओझाको छ। गीतलाई अनुप र प्रदीपले संयुक्त स्वर दिएका छन्।
शैक्षिक असफलता, जागिर गुमाउनुको पीडा, सम्बन्धमा दरार र निराशा लगायत कारण आत्महत्या गर्ने प्रवृत्तिलाई निरूत्साहित गर्दै जीवनप्रतिको उमंग जगाउनु गीतको उद्देश्य हो।
एस स्टडी वर्ल्डले भिडिओ निर्माण गरेको हो। विष्णु नेपाल भिडिओका मुख्य पात्र हुन्। पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका छ। सलिन मगरले संगीत अरेन्ज गरेका छन्।