चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ।
बोर्डले बिहीबार सूची जारी गर्दै गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म प्रदर्शन भएको जानकारी दिएको छ। यी फिल्मले ७६ करोड ७२ लाख ५६ हजार ग्रस कमाएको छ। १७ करोड ५२ लाखबढी कमाउँदै 'छक्का पन्जा ४' सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ भने ५२० रूपैयाँ कमाउँदै 'शिवानी' सुपर-फ्लप नेपाली फिल्म सावित भएको छ।
फिल्म 'शिवानी' को ५ वटा मात्रै टिकट बिक्री भएको छ।
दोस्रो सुपर-फ्लप फिल्म हो 'चोर र पुलिस'। १०४ वटा टिकट बिक्री गर्दै फिल्मले १८ हजार ७ सयबढी कमाइ गरेको छ।
सरिता लामिछाने अभिनीत फिल्म 'सरि मम' तेस्रो सुपर-फ्लप नेपाली फिल्म हो। ११२ वटा टिकट बिक्री गर्दै फिल्मले २३ हजार ६ सयबढी कमाएको छ।
'आँधी तुफान २' चौथो सुपर-फ्लप नेपाली फिल्म हो। १४५ वटा टिकट बिक्री गर्दै फिल्मले २८ हजार ४ सयबढी कमाइ गरेको छ।
वर्षा सिवाकोटी अभिनीत फिल्म 'ए साथी सुन' पाँचौं सुपर-फ्लप नेपाली फिल्म हो। २१२ वटा टिकट बिक्री गर्दै फिल्मले ६० हजार ५ सयबढी कमाएको छ।
सृष्टि श्रेष्ठ अभिनीत फिल्म 'प्रेमा' छैटौं सुपर-फ्लप नेपाली फिल्म हो। ३८५ वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख १७ हजारबढी कमाइ गरेको छ।
रिस्ता बस्नेत अभिनीत फिल्म 'पासो' सातौं सुपर-फ्लप नेपाली फिल्म हो। ४३० वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख १८ हजारबढी कमाइ गरेको छ।
कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म 'गोर्खाः बिनिथ द ब्रेभरी' आठौं सुपर-फ्लप नेपाली फिल्म हो। ३९० वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख ४३ हजारबढी कमाएको छ।
'कैदीको पत्र' नवौं सुपर-फ्लप नेपाली फिल्म हो। ५७५ वटा टिकट बिक्री गर्दै फिल्मले १ लाख ६० हजारबढी कमाएको छ।
दशौं सुपर-फ्लप नेपाली फिल्म हो 'शोल अफ द कमान्डो'। १ हजार ८८ वटा टिकट बिक्री गर्दै फिल्मले २ लाख ४३ हजारबढी कमाएको छ।