श्रीस क्रियटिभ आर्टस् इनिसियटिभले आयोजना गरेको तीनदिने लिनोकट प्रिन्ट मेकिङ कार्यशाला सम्पन्न भएको छ।
साउन १२ गतेदेखि सुरू गरिएको कार्यशाला १४ गतेसम्म चलेको हो। उक्त कार्यशालामा १३ जनाको सहभागिता रहेको कम्पनीका संस्थापक सुजाना थापा श्रीषले जानकारी दिइन्।
प्रविधिको माध्यमबाट कला प्रबर्द्धन गर्न र इतिहास एवम् महत्वका बारेमा जानकारी गराउने उद्दश्यले कार्यशाला सञ्चालन गरिएको हो। यस किसिमका कार्यक्रमबाट पुराना र सिर्जनशिल कलाहरूको खोजी गरी बाहिर ल्याउनुका साथै व्यवसायिक प्रबर्द्धन गरी कला क्षेत्रको बिस्तार गर्नमा टेवा पुग्ने बताइएको छ।
श्रीस क्रियटिभ आर्टस् इनिसियटिभ कला क्षेत्रको विषयमा उत्पादन, प्रबर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको छ।