कलाकार हरिस निरौला (कक्रोज) राइड सेयर एप 'सवारी' को ब्रान्ड एम्बेसडर बनेका छन्।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सवारीले उनलाई एम्बेसडर बनाएको हो। नेपाली युवाहरू मिलेर बनाएको एपले देशका विभिन्न सहरमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिनेछ। यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलै अनलाइन सेवा लिन सकिनेछ।
कार्यक्रममा बोल्दै हरिसले नेपाली युवाहरूले निर्माण गरेको एपलाई प्रयोग गर्न अनुरोध गरे। आफू सवारीको प्रचार प्रसारको लागि सधैं जिम्मेवार रहने उनले बताए।
प्रसिद्ध नेपाल र खगेन्द्र नेपालले मिलेर यो एपको सुरूवात गरेका हुन्। कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरूले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरूस्त, सर्वसुलभ रूपमा सेवा प्रदान गर्ने बताए।
कार्यक्रममा हरिससँगै निर शाह, रवि गिरी, दीपक आचार्य (काकु) लगायत कलाकारको उपस्थिति थियो।