दोलखा फिल्म सिटी आयोजना अब सरकारी-निजी साझेदारीमा जाने भएको छ।
अर्वान पार्क प्रालिले तयार पारेको सरकारी-निजी साझेदारी अवधारणा पत्रलाई दोलखा फिल्म सिटी आयोजनाको बोर्ड बैठकले स्वीकृत गरेको छ।
सरकारी निजी साझेदारीको अवधारणापत्र अध्ययनपछि सरकारी निजी साझेदारीमा जाने निर्णय गरिएको हो।
अवधारणापत्रको प्रस्तुतिकरणमा दिइएको सुझावलाई समावेश गरेको र स्वीकृत कार्यक्षेत्र बमोजिम पाइएकाले सम्झौता बमोजिमको कार्यवाही अघि बढाउन दोलखा फिल्म सिटीले चलचित्र विकास बोर्ड समेत पत्राचर गरेको छ।
दोलखा जिल्लाको लाकुरीडाँडामा निर्माणाधिन फिल्म सिटीका लागि सडक कालोपत्रे भइसकेको छ भने तीनवटा प्रशासनिक भवन, होटल, बिजुलीको पोल, खानेपानीको धारा बनिसकेको छ।