मधुसुदन भट्टराईको निर्देशन बन्न लागेको फिल्म 'हामी तीन भाइ' को छायांकन सुरू भएको छ।
शुक्रबार मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन सुरू गरिएको हो।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हवल्दार), यादव देवकोटा (सरापे), भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, विकास चापागाईं, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ।
निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ फिल्मको सह-निर्मातामा छन्।
प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मुकेश शाहको मिक्सिङ, समिर मियाँको भिएफएक्स रहेको छ।
शिव ढकालले छायांकन गरिरहेको फिल्मलाई बनिष शाहले सम्पादन गर्नेछन्।
यसअघि दिवंगत निर्देशक शिव रेग्मीले 'हामी तीन भाइ' नाममा फिल्म बनाएका थिए। सुपरहिट फिल्मको नाम सापटी लिदै डेढ दशकपछि पुनः फिल्म निर्माण हुन लागेको हो।