'कबड्डी' निर्देशक रामबाबु गुरुङले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्।
सोमबार निर्देशक गुरुङले फेसबुकमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। फिल्मको नाम 'डिग्री माइलाः म थर्ड क्लास' राखिएको छ।
'बाँसुरी फिल्म्स प्रोडक्सनबाट हाम्रो आगामी फिचर फिल्म 'डिग्री माइलाः म थर्ड क्लास' घोषणा गर्न पाउँदा खुशी लागेको छ। यो नेपाली नयाँ वर्ष २०८१ मा रिलिज हुनेछ,' उनले लेखेका छन्।
बासुरी फिल्म्स प्रोडक्सन ब्यानरमा निर्माण हुने फिल्म नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिनेछ। निर्माण टिमले कलाकारबारे जानकारी दिएका छैनन्।
कमेडी जनरामा बन्न लागेको फिल्मको ट्यागलाइन 'किन चाउरियो मरिच, आफ्नै रागले' राखिएको छ।
रामबाबु गुरुङले पछिल्लो समय फिल्म 'फूलबारी' निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो।