चलचित्र विकास बोर्डको आयोजनामा 'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०' सम्पन्न भएको छ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको हो।
राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म विधा समावेश नगरी अवार्ड वितरण गरिएको थियो। 'महापुरुष' बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता घोषित हुँदा 'प्रकाश' बाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्।
'प्रकाश' का निर्देशक दिनेश राउत उत्कृष्ट निर्देशक घोषित हुँदा 'चिसो मान्छे' बाट दिपेन्द्र के खनाल उत्कृष्ट लेखक घोषित भए।
यस्तै निर्णायकमण्डलको तर्फबाट 'ऐना झ्यालको पुतली' र 'गोर्खा विनिथ द ब्रेभरी' लाई विशेष भन्दै 'निर्णायक पुरस्कार' प्रदान गरिएको छ।
बोर्डले २०७८ र २०७९ गरी दुई वर्षमा प्रदर्शन भएका नेपाली फिल्महरू मध्येबाट छनोट गरी राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो। उत्कृष्ट पुर
'दीर्घ साधना सम्मान' २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र 'दीर्घ साधना सम्मान' २०७९ अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिएको छ। उनीहरू दुवैलाई तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो।
उक्त समारोहमा फिल्म क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजंग शाहीसहित ३५ जना फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गरिएको छ।
राष्ट्रिय चलचित्र पुरस्कार २०७८ र २०७९ को विजेता सूची:
१. उत्कृष्ट लेखन- चिसो मान्छे (दिपेन्द्र के खनाल)
२. उत्कृष्ट छायांकन- लप्पन छप्पन–२ (पुरूषोत्तम प्रधान)
३. उत्कृष्ट सम्पादन- दोख (निमेष श्रेष्ठ)
४. उत्कृष्ट अभिनेत्री- प्रकाश (दिया मास्के)
५. उत्कृष्ट अभिनेता- महापुरुष (हरिवंश आचार्य)
६. उत्कृष्ट निर्देशक- प्रकाश (दिनेश राउत)
७. उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) हुलन छ्याँबा (देशै राम्रो) गुरूङ भाषा
८. निर्णायक विशेष छनोट- ऐना झ्यालको पुतली
९. निर्णायक विशेष छनोट- गोर्खा विनिथ द ब्रेभरी