संगीतकार गोपाल योञ्जनको ८० औं स्मृति दिवसको अवसरमा गायिका दिलमाया खातीलाई सम्मान गरिएको छ।
गोपाल योञ्जन प्रतिष्ठाद्धारा दार्जिलिङस्थित मिरिकमा एक कार्यक्रम आयोजना गर्दै ८५ वर्षिया खातीलाई १ लाख ६० हजार रूपैयाँसहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मान प्रदान गरिएको हो।
'विछोडको पीडा नसकी खप्न दशैंको बेलामा, खोलाको दुई किनार, सम्हाल पछ्यौरी, सम्झे है बुझे है यो मेरो जोवन' लगायत थुप्रै नेपाली गीत गाएकी खातीको योगदानलाई कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष तथा संगीतका मित्र लामाले बताए।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, दार्जिलिङ क्षेत्रिय प्रशासन संस्कृति विभाग प्रमुख अनोज थापा, गीतकार जस योञ्जन प्यासीलगायतले प्रतिष्ठानद्धारा प्रकाशित स्मारिका 'गोपालाञ्जली' लोकार्पण गरेका थिए। स्मारिकामा संगीतकार गोपाल योञ्जनले नेपाली आधुनिक गीत-संगीतमा पुर्याएको योगदानलाई समेटिएको छ।
गोपाल योञ्जनको २०५४ सालमा निधन भएको थियो।