चलचित्र विकास बोर्डले यस वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार, २०८० मदनकृष्ण श्रेष्ठसहित १० जनालाई दिने भएको छ।
आइतबार बसेको बोर्डको बैठकले पुरस्कार पाउने १० कलाकार र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई दिने सूची प्रकाशन गरेको हो।
असोज ३ गते पर्ने संविधान दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आतिथ्यमा पुरस्कार प्रदान गर्न लागिएको हो।
सामाजिक/ शासकीय रूपान्तरणमा योगदान पुर्याएको भन्दै चलचित्रकर्मी र संस्थालाई पुरस्कार दिन लागेको हो।
मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित र मीनबहादुर भामलाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।
यस्ती चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिलाई पनि पुरस्कार दिन लागेको हो।