‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ को उपाधि आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहालले पाएका छन्।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको सातौं संस्करणको किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३ अन्तर्गत शनिबार राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रमबीच सिनियर पुरूषतर्फ आरूष भट्टराई, जुनियर पुरूषतर्फ ब्रबिम बराल, महिला सिनियरमा अक्क्षयनी दाहाल र महिला जुनियरतर्फ सायुरी कँडेलको उपाधि पाएका हुन्।
त्यस्तै प्रतियोगीतामा पुरूष जुनियरमा सम्भव जैन फर्स्ट रनरअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बने ।
महिला सिनियरमा सावलिन महर्जन फस्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने महिला जुनियर सदीक्षा जिसी फर्सट रनरअप र राधिका गोयलले सेकेन्ड रनरअपको उपाधि पाए।
विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे।
दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा माछापुच्छ्रे स्कुलका प्रिन्सिपल तथा एकडेमिक निर्देशक सम्पुर्ण देवापाटे, संचारककर्मी लव कार्की, अर्थमन्त्रालयका अफिसर पुनम भट्ट, अभिनेता मुकुन भुषाल, मातृभुमि स्कुलका कोअर्डिनेटर जयराम अधिकारी, टिम नेपालका अध्यक्ष प्रदीप बज्राचार्य लगायतका व्यक्तिहरु निर्णायकका रुपमा थिए।
हेर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियो रहेको थियो।