उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरू राष्ट्रको गौरव भएको बताएका छन्।
आज काठमाडौंको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत् कालाकारले देश मान प्रतिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताएका हुन्।
कलाकारको गीतसंगीत र कलाकारितामार्फत् सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कलाकारको कलाकारिताले देशमा सामाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए।
कतिपय खराब परम्परा बदल्न गीतसंगीत र कलाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ।
रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको बताए।
समाजमा परिवर्तन गर्नका लागि गीतसंगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रूपान्तरण र परिवर्तनका लागि गीतसंगीत र कलाकारिताले ठूलो अस्त्रको रूपमा काम गर्ने विश्वास व्यक्त गरे।