गायक सरोज विरही कार्कीले लोकदोहोरी गीत ‘हासेर बोलनी’ सार्वजनिक गरेका छन्।
युट्युब च्यानल ‘प्रिशा म्युजिक सोलुसन’ बाट विरहीले गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
कार्की आफैंले गीतको शब्दरचना गरेका हुन्। उक्त गीतमा कार्की र पार्वती भुजेल र अनिता मगरको स्वर छ।
जोन राईले निर्देशन गरेको भिडिओमा उनीसहित सुष्मा मरहट्टाको अभियनय छ। भिडिओ मुर्चुंगा स्टुडिओमा छायांकन गरिएको हो।
कार्कीका ‘मायाको लाली जोबन’, ‘बादलुको घेरो’, ‘बन्दीपुरे माया’ लगायतका गीतहरू लोकप्रिय छन्।
भिडिओः