फिडेल देवकोटा निर्देशित फिल्म 'द रेड सुटकेस' र सौरभ राई निर्देशित फिल्म 'गुराँस' मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया प्रतिस्पर्धामा परेको छ। यी दुवै फिल्म आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।
आइसफल प्रोडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रोडक्सनसँग मिलेर निर्माण गरेको 'द रेड सुटकेस' यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो।
लो आइक्यू प्रोडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको 'गुराँस' भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो। 'गुराँस' को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउथ एसियन प्रिमियर सम्पन्न भएको थियो।
यही अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो साल २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ। फेस्टिभलमा ४० वटा वर्ल्ड प्रिमियर, ४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुनेछन्।